उपेन्द्र जीको प्रचण्ड मोह !


सर्वोच्चको निर्णय पश्चात नेकपा एमाले र माओवादी केन्द्र त्युँतियाउने निर्णय गरेपछि नेकपा ओली पक्षलाई सरकार टिकाउन सकस परेको छ ।

प्रतिनिधीसभा विघटन पश्चात आन्तरिक लफडामा परेको नेकपा अहिले संसदमा आ–आफ्नो पक्षमा तान्न कसरत समेत गरेरहेको छ । सर्वोच्चले एमाले र माओवादी ब्यूँतिएपछि सरकार गठबन्धनमा परिणत भएको अवस्थामा जनता समाजवादी पार्टीमाथि सबैको नजर छ । तर जसपा आफैँ भने विवादको भूरिबाट बाहिरिन सकेको छैन् ।

सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टी नेपाल सरकारमा जान्न समेत कसरत गरिरहेको छ । तर कसरतले पूर्णता पाउन सकेको छैन् ।
केही दिनयता जसपाका नेताहरु सत्तारुढ नेकपा एमाले, प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग छलफलमा छन् । शनिवार माओवादीसँग छलफल गर्न पेरिसडाँडा पुगेका नेताहरुले फर्किने क्रममा फरक फरक अभिव्यक्ति दिए ।
यता अर्का अध्यक्ष उपेन्द्र यादवले मति बिग्रिएको छ र केपी ओलीसँग सहकार्य गर्नलाई भने अभिव्यक्ति दिएपछि जसपा भित्रै हलचल मचेको छ । सरकारमा जाने न जाने विषयमा अन्यौलता देखिएको छ ।

दुई अध्यक्षको फरक–फरक अभिव्यक्ति आएपछि जसपामा अहिले तत्कालीन राजपा र समाजवादी पार्टीको कित्ता छुटिएको छ । सरकारमा जाने सवालमा तत्कालीन राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन जाने मत राखिरहेको छ भने तत्कालीन समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको नेतृत्वमा नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा सरकारमा जाने ढिपी कसेका छन् ।
जसपाका शीर्षनेताहरु नै फरक–फरक बाटो अपनाएपछि दुइ कित्तामा बाँढिएको जसपा सहमती हुन्न् सकेको छैन् । सरकारमा जाने र नजाने दुइ धारमा बाँडिएको जसपामा ओलीले माग पुरा गरे सरकारमो जाने मनसायमा तत्कालिन राजपाका नेताहरु देखिएका छन् । भने राजपासँगै केपी ओलीसँगै सहकार्य गर्नमा तत्कालिन समाजवादी अर्थात उपेन्द्र यादवका कित्ताका पनि नेताहरु रहेको स्रोतको दाबी छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुका लागि एमाले,कांग्रेस र माओवादी सबै उस्तै रहेको भन्दै सत्ता समीकरणमा कोही नजिक वा कोही टाढा नरहेको बताएपनि अहिले सत्तासिन केपी ओलीले जसपाले उठाएको माग मुद्धा पुरा गर्न सकारात्मक देखिएपछि ओलीसँग सहकार्य गर्न सक्ने संकेत अध्यक्ष ठाकुरले गरेपछि यता अर्का अध्यक्ष उपेन्द्र यादव छट्पटिएका छन् ।

यता जसरी भएपनि प्रचण्डसँग सहकार्य गर्ने र केपी ओलीलाई सत्ताच्यूत गर्ने मनसायमा देखिएका अध्यक्ष यादव कांग्रेस, माओवादी र जसपा सहमति नजिक पुगेको दाबी गरेका छन् ।

जसपा सांसदको मनसाय

सत्ता सहकार्यका लागि शीर्ष नेताहरुबीच मत बाँझिएपछि दोस्रो तहका नेताहरुमा अन्यौलता सिर्जना भएको छ । तर प्रधानमन्त्री केपी ओलीले आफ्नो माग र मुद्धा सम्बोधन गर्न तयार भएपछि ओलीसँग नै सहकार्य गर्ने नेताहरु बढी रहेको स्रोतको दाबी छ ।

पार्टीको हित भन्दा ब्यक्तिगत हित बढी सोच्ने अध्यक्ष यादवका पक्ष नेताहरु धमाधम साथ छोडने मनसायमा रहेको स्रोतको दाबी छ । नाम खुलाउन नसकेपनि उपेन्द्र यादवको साथ छोडनेको लिस्ट लामो रहेको स्रोतको भनाइ छ । उपेन्द्र जी डा. साब (डा.बाबुराम भट्टराई) को दबाबमा जसरी नी प्रचण्ड जीलाई छोडनु हुन्न र प्रचण्ड अहिले सरकार बाहिर हुनुहुन्छ, पछि जसपाको माग र मुद्धाको सम्बोधना गर्ला भने कुनै ठोस अधार नै छैन्, स्रोतले नेतालाई उदृत गदैँ भनेका छन् ।

‘अहिले ओली सरकारमा छन् र जसपाका माग मुद्वा सम्बोधन गर्न सकारात्मक समेत देखिएको छ’जसकारण उपेन्द्र जीको साथ छोडेर भएपनि ओली सँग सहकार्य गर्न मनसाय नेताहरु रहेको स्रोतको दाबी छ ।

नेता फकाउने प्रयासमा यादव

सासंदहरु आफ्नो साथ छोडन् लागेको खबर पाए लगतै अध्यक्ष यादव संसद फकाउन सक्रिय भएको देखिएको छ । उनीनिकट सांसदहरु उनलाई छाड्न लागेपछि अहिले अध्यक्ष यादवले विभिन्न शक्ति प्रयोग गरेर गुट बलियो बनाउनेतर्फ लागेको स्रोतको भनाइ छ । तर यसपाली उपेन्द्र यादवलाई सहयोग गर्न नसक्ने नेताहरुको भनाइ छ ।

Nabintech