• १३ बैशाख २०८१, बिहीबार
राशिद खान चम्किँदा अफगानिस्तानको शानदार जित


काठमाडौं । जिम्बाब्वेसँगको टी-२० सिरिजको पहिलो खेलमा अफगानिस्तान ४८ रनले विजयी भएको छ ।

यो जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले १-० को अग्रता बनाएको छ ।

यूएईमा भइरहेको सिरिजको पहिलो खेलमा अफगानिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

उसका लागि टिनाशे कमुङक्वावेले ४४, कप्तान सन विलियम्स, सिकन्दर राजाले २२/२२, टस्काई मुसकान्डाले १८, रिचमन्ड मुटुम्बानीले १५ र ब्रान्डन मावुतले अविजित १० रन बनाए ।

बलिङमा राशिद खानले ४ ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, फरीद अहमद र करिम जनतले दुईरदुई विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन बनायो ।

उसका लागि १९ वर्षीय रहमानुल्लाह गुर्बाजले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा सात छक्का र ६ चौकासहित ८७ रन बनाए ।

त्यस्तै, कप्तान अश्घर अफगानले ५५ र करिम जनतले २६ रनको योगदान दिए । बलिङमा ब्लेसिङ मुजरबानी र रिचर्ड नगारावाले दुईरदुई विकेट लिए ।

यी दुई टिमबीचको दोस्रो टी–२० शुक्रबार हुनेछ ।

Nabintech