• ११ बैशाख २०८१, मंगलवार
शेयरबजारमा १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए


काठमाडौं । बुधबार नेप्से ४० दशमलव ४० अंकले बढेर २४३२ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

आज २ सय १२ सय वटा कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् भने जोशी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतले कमाएका छन्।

त्यस्तै, ग्रिन लाइफ हाईड्रोपावर, युनाईटेड इर्दी मर्दी, पञ्चकन्या माई हाईड्रोपावर, खानी खोला हाईड्रोपावर, युनियन हाईड्रोपावर, कालिका पावर, आरएमडिसी लघुवित्त र समिट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

Nabintech