• १३ बैशाख २०८१, बिहीबार
सर्वोत्तम सिमेन्टले आइपिओ जारी गर्न नियुक्त गर्यो बिक्री प्रबन्धक


काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपिओ जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत अर्थात ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको कम्पनीले प्रतिसेयर मूल्य ७५० रुपैयाँ तय गरेको छ । तर, योग्य संस्थागत लगानीकर्ताले भने मूल्य तोकिसकेका छैनन् ।

Nabintech