सकियो ‘सम्हालिन्छ कहिले मन’को छायांकन, रिलिज कहिले ?


काठमाडौं । २ बर्ष अगाडिबाट छायांकन सुरु भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को दुबइमा इन्डक्ल्याप गरिएको छ । विभिन्न चरणमा छायांकन गरिएको यो चलचित्रको दुबइका विभिन्न लोकेशनमा केही दृश्य र गीतको छायांकन गरिदै छायांकनको काम पूर्ण रुपमा सकिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ ।

यसैविच, निर्माणपक्षले यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी दिएको छ । निर्माणपक्षका अनुसार, यसअगाडि पनि चलचित्रको प्रदर्शन मिति तीजलाई लक्षित गरेर तोकिएको थियो ।

तर, यो बर्ष कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन । यसैले आउँदो बर्ष पनि तीजलाई नै लक्षित गरेर चलचित्रलाई भदौ १८ गते रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायांकन छ ।

अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

Nabintech