• १५ चैत्र २०८०, बिहीबार
उत्कृष्ट नायक–नायिका अवार्ड पाए विपिन र मेनुले


काठमाडौं । शनिवार चलचित्र प्राविधिक संघको आयोजनामा १०औं नेफ्टा अवार्ड सम्पन्न भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा भएको उक्त अवार्ड कार्यक्रममा विपिनको फिल्म प्रसाद ले ६ विधामा अवार्ड जितेको हो ।

फिल्म ‘प्रसाद’ बाट अभिनेता विपिनले उत्कृष्ट नायकको अवार्ड जितेका छन् भने फिलम साइँली बाट मेनुका प्रधानले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड भने ‘छक्का पञ्जा ३’बाट दीपाश्रीले जितेकी छिन् ।

यस्तै पपुपल नायकको अवार्ड अनमोल केसीलाई र पपुलर नायिकाको अवार्ड साम्राज्ञी आरएल शाहलाई प्रदान गरिएको छ ।

Nabintech