आईसीसीले लगायो भारतीय टिमलाई जरिवाना ?


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय टिमलाई जरिवाना गरेको छ ।

इंग्ल्याण्डसँगको टी-२० सिरिजको दोस्रो खेलमा आइतबार सुस्त गतिमा बलिङ गरेको भन्दै भारतीय टिमलाई आईसीसीले जरिवाना गरेको हो ।

आइतबार अहमदबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतीय टिमले आईसीसीको नियम उल्लंघन गरेको पाइएको हो ।

एलिट प्यानलका म्याच रेफ्री जवगल श्रीनाथले सुस्त गतिको बलिङ गरेको भन्दै भारतीय टिममाथि २० प्रतिशत जरिवाना लगाएका हुन् ।

आईसीसीको आचार संहिताको २.२२ आर्टिकलअनुसार भारतीय टिमलाई जरिवाना गरिएको हो ।

सामान्य भाषामा भन्नुपर्दा निर्धारित समयमा पारी समाप्त नगर्दा भारतीय टिमलाई जरिवाना गरिएको हो ।
भारतले दोस्रो टी-२० मा टस जितेर बलिङ रोजेको थियो ।

पहिलो पारीमै भारतले दुई खर्चेको थियो । दुवै पारीका लागि टी-२० मा झण्डै ३ घण्टा समय निर्धारण गरिएको हुन्छ ।

जरिवाना भोगेको दोस्रो टी-२० मा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराएको थियो । इंग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७।५ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको थियो ।

पाँच खेलको सिरिजमा दुवै टिमले एकएक खेल जितेका छन् । भारत-इंग्ल्याण्डबीचको तेस्रो टी-२० भोलि (मंगलबार) हुँदैछ ।

Nabintech