भारतीय क्रिकेटर जसप्रीत बुमराह बैवाहिक बन्धनमा बाधीए


काठमाडौं । भारतीय क्रिकेट टिमको तीव्र गतिका बलर जसप्रीत बुमराह आज बैवाहिक बन्धनमा बाधिएका छन् ।

जसप्रीत बुमराहले मोडेल तथा स्पोर्ट्स एंकर संजना गणेशनसँग बिवाह गरेका हुन् । उनीहरुले पन्जाबी रिति रिवाजमा आफ्ना आफन्तजन र साथिहरुको उपस्थितिमा बिवाह गरेका छन् ।

वैवाहिक जीवनमा बाधिने कारणले नै उनले बीसीसीआई संग छुट्टि लिएका थिए । जसको कारण उनि इंग्ल्याण्डबिरुद्धको टि २० सिरिजको हिस्सा हुन् पाएनन ।

भारतीय सञ्चार माध्यमअनुसार जसप्रित बुमराह र संजना गणेशनसँग केहि समयदेखि प्रेममा थिए । उनिहरुले आफ्नो सम्बन्धको बारेमा कसैलाई नबताएको र मिडियामा एकसाथ नआएको कारण फ्यान्स हरु अचम्मित परेका छन् ।

जसप्रित बुमराहले ट्वीट गरेको विवाहको फोटो शेयर गरेर वैवाहिक बन्धनमा बाधिएको जानकारी दिएका छन् ।

Nabintech