• १५ चैत्र २०८०, बिहीबार
महिला लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, सुरु मूल्य ३१४ देखि ९४० रुपैयाँ


काठमाडौं । महिला लघुवित्तको आईपीओ आज सोमवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख लाख कित्ता शेयर सूचीकृत भएको हो । यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ३१३ दशमलव १६ देखि ९३९ दशमलव ३८ सम्म मूल्य रेञ्ज तोकेको छ ।

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

Nabintech