• १३ बैशाख २०८१, बिहीबार
दिल भन्छन्–‘मलाई पनि बाच्न मन छ’


डडेलधुरा । डडेलधुराका २७ वर्षिय दिल दमाई जीवन–मरणको संघारमा छन् । गत वर्ष पुस महिनामा भारतको मम्बईमा सडक दूर्घटनामा परि घाइते दिल यतिबेला जीवन र मरणमको संघारमा छन् । दूर्घटना परेका दिलका दुवै खुट्टा अशक्त भएका छन् ।

घर परिवार ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैशााले दिलको उपचार गर्न पुगेन । हालसम्म उनको उपचारमा १५ लाख बढि खर्च भइसकेको छ । घरपरिवारले थप उपचार खर्च जुटाउन नसक्दा दिलको उपचार हुन सकेन् ।

 

 

दिल यतिबेला घरको बेडमा छटपटाई रहेका छन् । दिनानुदिन दिलको अवस्था बिग्रीदै जान थालेको छ । उनको घरमा दुई जना स–साना बच्चा र श्रीमती छन् । घरमा कमाउने मान्छेको यस्तो अवस्था हुदाँ एकातिर छाक टार्न गाह्रो र अर्को दिलको अवस्था नाजुक बन्दै गएको दिलकी श्रीमती सुनाउछिन् ।

भन्छिन् ‘कमाउने श्रीमान् बेडमा हुदाँ कसैले पनि उपचारको लागि ऋण नपत्याउदा बाच्ने आशा नै मौलाएको छ ।’

भएभरको पैशा ऋण जोहो गर्दा समेत श्रीमान्को उपचार गर्न नसक्दा दिलकी श्रीमती चिन्तित छिन् । दिल आफुलाई बाच्ने मन भएको सुनाउँछन् । ‘घरमा श्रीमती र साना नावालक छन,’ दिल भन्छन् ‘मलाई पनि बाच्न मन छ ।

 

मेरो उपचारको लागि धेरै ऋण लागेको छ त्यो ऋण तिर्न र मेरो बच्चालाई पढाउन भएपनि म बाच्न चाहान्छु ।’

बाच्ने चाहे जो कोहीलाई हुन्छ । तर, दिलले उपचार नपाएर दिनानुदिन मरेर बाच्नु परेको उनका आफन्त सुनाउँछन् । दिलको उपचारको लागि भयभरको जायजेथा बेच्दा समेत उपचार गर्न नसकेपछि कसैले सहयोग गरे दिल पनर्जीवन पाउँने उनका आफन्त बताउँछन् । सम्पर्क नम्बर ९८१२६९९२१२/९८२८८७४८६२ मा सम्पर्क गर्न सकिनेछ ।

Nabintech