इशानले पहिलो बलमै लगाए चौका, डेब्यूमै बनाए अर्धशतक


काठमाडौं । भारतीय टिमका युवा ब्याट्सम्यान इशान किशनले डेब्यू म्याचमै उत्कृष्ट अर्धशतक बनाएका छन् ।

उनले इंग्ल्याण्डसँगको टी-२० सिरिजको दोस्रो खेलमा उत्कृष्ट अर्धशतक बनाएका हुन् । इशानले २८ बलमा ४ चौका र ५ छक्कासहित अर्धशतक पूरा गरे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

उसका लागि जेसन रोयले ४६, कप्तान इयोन मोर्गनले २८, डेविड मलान र बेन स्टोक्सले २४/२४ रन बनाए ।

बलिङमा वासिङ्टन सुन्दर, शार्दुल ठाकुरले २/२, भुवनेश्वर कुमार र युजवेन्द्र चहलले एकएक विकेट लिए ।

इंग्ल्याण्डको प्लेइङ-११  जेसन रोय, जोस बटलर, डेविड मलान, जोनी बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, जोफ्रा आर्चर, टम करन, क्रिस जोर्डन र आदिल राशिद ।

भारतको प्लेइङ- ११  केएल राहुल, इशान किशन, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार र युजवेंद्र चहल ।

Nabintech