• १६ चैत्र २०८०, शुक्रबार
केपी ओलीले नेपाल–खनाललाई पठाए चियापानको निम्तो


काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यहरुलाई चैत ३ गते चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।

ओलीको सचिवालयले नेपाल–खनाललगायत शीर्ष नेताहरुलाई चैत्र ३ गतेका लागि चियापानको निम्तो पठाएको हो । ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत शीर्ष नेताहरुलाई चियापानको निम्तो पठाएका हुन् ।

अध्यक्ष ओलीले एकलौटी ढंगले जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो भेलाको अघिल्लो दिन पारेर ओलीले चियापान आयोजना गरेका हुन् । भेलाको अघिल्लो दिनका लागि बालुवाटारमा चियापानको आयोजना गरिएको हो ।

आगामी ७ गतेका लागि ओलीले बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएका छन् । असन्तुष्ट पक्षले सो बैठकमा नजाने बताउँदै आएका छन् । ३ गतेका लागि बोलाइएको चियापानमा असन्तुष्ट पक्ष सहभागी होला या नहोला भन्नेमा सबैको चासो छ ।

Nabintech