मुम्बईले जित्यो विजय हजारे ट्रफीको उपाधि, चम्किँए शा


काठमाडौं । विजय हजारे ट्रफी प्रतियोगिताको उपाधि मुम्बईले जितेको छ।

आइतबार दिल्लीमा भएको फाइनल खेलमा उत्तर प्रदेशलाई ६ विकेटले हराउँदै मुम्बईले उपाधि उचालेको हो।

उत्तर प्रदेशले दिएको ३ सय १३ रनको लक्ष्य मुम्बईले ४१.३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

मुम्बईलाई उपाधि दिलाउनमा आदित्य तारे र कप्तान पृथ्वी शाले शानदार ब्याटिङ ब्याटिङ गरे।

आदित्यले १०७ बलमा १८ चौकासहित अविजित १ सय १८ रन बनाए।

यस्तै, शालले ३९ बलमा ७३ रनको आक्रमक पारी खेले। उनले १० चौका र ४ छक्का हिर्काए।

यसैगरी शिवम दुवेले ४२, यशस्वी जयस्वालले २९ र शम्स मुलानीले ३६ रनको योगदान दिए।

बलिङमा यश दयाल, शिवम मावी समीर चौधरी र शिवम शर्माले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको उत्तर प्रदेशले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा तीन सय १२ रन बनाएको थियो।

उसका लागि ओपनर माधव कौशिकले राम्रो ब्याटिङ गरे। उनले १ सय ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित १ सय ५८ रन बनाए।

यस्तै, समर्थ सिंह र अक्षदीप नाथले ५५–५५ तथा प्रियम गर्गले २१ रन बनाउँदा उपेन्द्र यादव ९ रनमा नटआउट रहे।

बलिङमा तानुश कोटियानले २ र प्रशान्त सोलंकीले एक विकेट लिए।

Nabintech