भारतलाई तेस्रो झड्का, कप्तान कोहली शून्यमै आउट


काठमाडौं । इंग्ल्याण्डसँगको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा भारतले खराब सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले तेस्रो ओभर नसकिँदै महत्वपूर्ण तेस्रो विकेट गुमाइसकेको छ ।

भारतले तेस्रो विकेटको रूपमा कप्तान विराट कोहलीलाई शून्यमै गुमाएको हो । उनलाई आदिल राशिदले क्याच आउट गराए । यसअघि भारतले केएल राहुललाई एक रनमै गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले आउट गरेका हुन् ।

यी दुवै टिमबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सुरु भएको छ ।

Nabintech