• १४ बैशाख २०८१, शुक्रबार
जुम्लामा छायांकन हुने ‘प्रकाश’ को मनकामनामा मुहूर्त


काठमाडौं । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रकाश’ को शुभमुहूर्त गरिएको छ । बिहीवार शिवरात्रीको अवसरमा मनकामना मन्दिर पुगेर फिल्मका कलाकार, निर्देशक, निर्माता र प्राविधिक टोलीले क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरे । मुहूर्तसँगै फिल्मको जम्बो टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । फिल्मको सुरुवातदेखि अन्तिमसम्मको सम्पूर्ण दृश्य त्यही खिचिनेछ ।

अभिनेता प्रदीप खड्का र नव(अभिनेत्री रेनु योगीको जोडी बाँधिएको फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी शिक्षक बन्न गर्ने संघर्षको कथा फिल्मले वाचन गर्नेछ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा महेन्द्र अधिकारीको एकल लगानी रहनेछ । राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । कलाकार अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ । फिल्ममा प्रदीपले पहिलो पटक गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

Nabintech