अब नेपाली युट्युबरको आम्दनी घट्ने, यस्तो छ कारण ?


काठमाडौं । युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ ।

यो सँगै अब युटुयुबरको आम्दानीमा भारी गरिवट हुने जनाइएको छ । नयाँ कर नीतिले युट्युब क्रियटरहरुलाई निरास बनाइदिएको छ ।

खासगरी युट्यबको अनुसार आगामी जून महिनादेखि अमेरिका बाहिरका युट्युब क्रियटरहरुको हकमा अमेरिकी कर काट्नुपर्ने छ ।

अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ ले अब युट्यबले अमेरिकाभन्दा बाहिरका मनिटाइज्ड क्रियटरबाट कर संकलन गर्नुपर्ने भनेको युट्युबले जनाएको छ । जसले गर्दा नेपाली युट्युब च्यानल क्रियटरहरुलाई पनि प्रत्यक्ष असर पर्ने भएको छ ।

युट्युबको यो नयाँ नियमका कारण नेपाली युट्युबको आम्दानी ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।

Nabintech