तेह्र कम्पनी आईपीओ निष्कासनको अन्तिम चरणमा


काठमाडौं । १३ कम्पनीका आईपीओ पाइपलाइनमा रहेका छन् । यी १३ बटै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपश्चात आईपीओ निष्कासन गर्नेछन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार बोर्डको अण्डर प्रिलिमिनरी रिभ्यू अन्तर्गत ६ वटा कम्पनी छन् । जसमध्ये साहास उर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बौद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेड कम्पनी छन् ।

साहास उर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीयबासी र सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । त्यसैगरी सामलिङ पावर कम्पनीले पनि प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । कम्पनीले १२ लाख ३० हजार कित्ता आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।

बौद्धभूमिक नेपाल हाइड्रो नेपाल पावर कम्पनी लिमिटेडले पनि प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी १२ लाख कित्ता सेयर आइपीओ जारी गर्ने पाइपलाइनमा छ ।

मनकामना स्मार्ट लघुवित्त आइपीओ जारी गर्ने पाइपलाइनमा रहेको छ । कम्पनीले सर्वसाधारणमा ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १ लाख ९७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।त्यसका साथै सयत्री हाइड्रोपावर लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ९ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।

रिभ्यूड एन्ड कमेन्ट सेन्ड सेक्सनमा २ वटा कम्पनी

बोर्डले रिभ्यूड एन्ड कमेन्ट सेन्ड सेक्सनमा २ वटा कम्पनीलाई राखेको छ । जसमध्ये हिमालयन हाइड्रोपावर लिमिटेड कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर आइपीओका लागि बोर्डको पाइपलाइनमा छ ।

डिस होम मिडियाले सर्वसाधारणका लागि २३ लाख ८५ हजार ९२९ कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डको पाइपलाइनमा छ ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता, मध्य भोटेकोसी जलविद्युत् कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि १ करोड ५० लाख कित्ता शेयर,

न्यादी हाइड्रोपावर लिमिटडले स्थानीय र सर्वसाधरणका लागि ४० लाख ५० हजार कित्ता, सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता र विन्दबासिनी हाइड्रोपावर डेभलपेण्ट कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि २५ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि बोर्डको पाइपलाइनमा छन् ।

कुन कम्पनीको कति शेयर पाइपलाइनमा 

 

Nabintech