मंगलबारसम्म ज्योति लाइफको आईपीओ १५ लाख ७० हजारले भरे, बुधबार आवेदन दिने अन्तिम दिन


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा साढे पाँच गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ सम्ममा कम्पनीको आईपीओमा १५ लाख ७० हजारले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा १५ लाख ७० हजार ४१४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५७० कित शेयर खरिदको लागि आवेदन परेको छ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ५.६३ गुणा बढी हो ।

कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

Nabintech