• १३ बैशाख २०८१, बिहीबार
पृथ्वीले खेले शानदार पारी, मुम्बईलाई दिलाए जित


काठमाडौं । भारतीय टिमका युवा ब्याट्सम्यान पृथ्वी शाले फेरि शानदार पारी खेलेका छन् ।

उनले विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो क्वाटरफाइनल खेलमा सौराष्ट्रविरुद्ध १ सय ८५ रनको पारी खेलेका हुन् ।

मुम्बईका कप्तानसमेत रहेका पृथ्वीले १२३ बलमा २१ चौका र सात छक्कासहित अविजित १८५ रन बनाए । उनकै उत्कृष्ट पारीमा मुम्बईले सौराष्ट्रलाई ९ विकेटले हराएको छ ।

सौराष्ट्रले दिएको २ सय ८५ रनको लक्ष्य मुम्बईले ४१.५ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान शाले १८५ रन बाहेक यशस्वी जैसवालले ७५ र आदित्य तारेले अविजित २० रनको योगदान दिए ।

बलिङमा कप्तान जयदेव उनदकटले एक विकेट लिए ।त्यसअघि, टस जितेर ब्याटिङ रोजेको सौराष्ट्रले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८४ रन बनायो ।

उसका लागि समर्थ व्यासले अविजित ९०, विश्वराज जडेजा, चिराग जानीले ५३/५३, अवि बरोटले ३७, स्नेल पटेलले ३० र अप्रित वासवडाले १० रन बनाए ।

बलिङमा शम्स मुलानीले दुई, शिवम दुबे, तनुष कोटियन र प्रशान्त सोलंकीले एकएक विकेट लिए ।

Nabintech