• १५ चैत्र २०८०, बिहीबार
अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न पायो अनुमति


काठमाडौं । धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नअनुमति दिएको छ ।

बोर्डले १स् शून्य दशमलव ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीलाई फागुन २५ गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

विक्री प्रबन्धक मुत्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ९९ करोड ८३ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी १ अर्ब ५२ करोड २४ लाखभन्दा बढी पुग्नेछ ।

Nabintech