• १३ बैशाख २०८१, बिहीबार
मेरो शेयरको पासवर्ड बिर्सिनुभयो ? यस्तो गर्नुहोस ?


काठमाडौं । आजभोली आईपीओ निष्कासनको लहर चलिरहेको छ । आईपीओको लहर चलेसँगै शेयरबजारमा नयाँ लगानीकर्ता आकर्षण बढेको पाइन्छ ।

दैनिक डिम्याट खाता खोल्नेको संख्यामा पनि उल्लेख्य मात्रा वृद्धि भएको छ । नयाँ लगानीकर्ताहरुले आईपीओ भर्नको लागि डिम्याट खाता खोल्नु पर्ने हुन्छ । जसकारण दैनिक डिम्याट खोल्नेको संख्या पनि बढिरहेको हो ।

हाल डिम्याट खाता खोल्नेको संख्या ३१ लाख नाघेको छ । पहिलेको जस्तो आईपीओ भर्न अहिले बैंक वित्तमा लाइन बस्नु पर्ने अवस्था छैन् । पछिल्लो समय मोबाइलबाट नै आइपिओ भर्न मिल्छ । जसकारण लगानीकर्ताको झन शेयरबजार तर्फ आकर्षण बढेको पाइन्छ ।

सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले आइपिओ भर्नका लागि मेरोशेयर वेभसाइट तथा मोबाइल एप्लिकेशन पनि सञ्चालनमा ल्याएको छ ।

डिम्याट खाता खोलिसकेपछि डिम्याटलाइ मेरोशेयरमा कनेक्ट गर्नुपर्छ जसको लागि सम्बन्धित क्यापिटल तथा बैंकमा गएर मेरो शेयरको फारम भरेपछि इमेलमा युजरनेम र पासवर्ड आउँछ । जसबाट मेरोशेयर लगइन गरी आइपिओ भर्न सकिन्छ ।

मेरो शेयरमा लगइन गर्दा तपाइँले एक चोटीसम्म गलत पासवर्ड हाल्न पाउनुहुन्छ । त्यसपछि भने तपाइँको अकाउन्ट ब्लक हुन्छ ।

त्यसपछि अथवा मेरो शेयरको पासवर्ड बिर्सेमा कसरी रिसेट गर्ने ?

मेरो शेयरको पासवर्ड बिर्सेमा तपाइँले जहाँ तपाइँले मेरो शेयरको अकाउन्ट खोल्नुभएको हो त्यहाँ अथवा जुन क्यापिटलमा तपाइँले डिम्याट अकाउन्ट खोल्नु भएको त्यहाँ जानुपर्ने हुन्छ। त्यहाँ गएर मेरो शेयरको पासवर्ड रिसेट गर्ने फारम भरी बुझाउनुपर्ने हुन्छ । त्यसका लागि कुनै शुल्क लाग्दैन ।

Nabintech