बजारमा फेरि अर्को ३४ लाख कित्ता आईपीओ आउँदै


काठमाडौं । आईपीओ निष्कासनको लहर चलेको बेला फेरी अर्को एक कम्पनीको आईपीओ आउने भएको छ ।

रिभर फल्स पावर लिमिटेड कम्पनीले ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्ने आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ३४ करोड रुपैया बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ ।

उक्त आईपीओ निष्कासनको अनुमति माग्दै चाडै नै कम्पनी नेपाल धितोपत्र बोर्ड जाने भएको छ । बोर्डले आईपीओ निष्कासनको अनुमति दिए पश्चात कम्पनीले आईपीओ बिक्री गर्नेछ ।

रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

Nabintech