माओवादीले एमाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

समर्थन फिर्ता लिने निर्णय गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने बैठकले निष्कर्ष निकालेको छ । नेकपा माओवादी केन्द्रले सरकार र संसद् सञ्चालन तथा संविधान कार्यान्वयनका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको विश्वासको मत फिर्ता लिने कि नलिने भन्ने विषयमा भने कुनै निर्णय नभएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले १ चैतमा केन्द्रीय समिति बैठक बोलाउने र २ गते काठमाडौंमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेता श्रेष्ठले बताए ।स्थायी कमिटी बैठक भोलि पनि बस्ने जनाइएको छ ।

 

 

Nabintech