यी मोडेलसँग बिहे गर्दैछन् जसप्रित !


काठमाडौं । भारतीय क्रिकेट टिमको तीव्र गतिका बलर जसप्रीत बुमराह चाँडै नै बिहे गर्ने तयारीमा लागेका छन।

बिहेकै लागि बुमराहले इंग्ल्याण्डसँगको चौथो तथा अन्तिम टेष्ट म्याच खेलेका थिएनन्। बिहे गर्ने पक्का भएपछि उनी टी–२० र एकदिवसीय श्रृंखलामा पनि उपलब्ध हुने छैनन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अधिकारीका अनुसार बुमराह चाँडै नै बिहे गर्दैछन्। यसै कारण उनले क्रिकेटबाट केही विश्राम लिँदैछन्। अब उनले सीधै आईपीएल २०२१ मा खेल्नेछन्।

जसप्रीत बुमराह मोडेल तथा स्पोर्ट्स एंकर संजना गणेशनसँग बिहे गर्न लागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। बुमराह कोसँग विवाह गर्दैछन् भन्ने कुरा एउटा ठूलो प्रश्न हो तर भारतीय मिडियाका अनुसार उनी खेल एंकर संजनासँग वैवाहि जीवनमा बाँधिदैछन्।

संजना पेश अनुसार मोडेल र खेल एंकर हुन्। जसले क्रिकेट, ब्याडमिन्टन र फुटबलको होस्ट गर्छिन्। २०१९ को एकदिवसीय विश्वकपमा भारतको तर्फबाट उनले कार्यक्रमको संचालन गरेकी थिइन्।

संजना गणेशनको जन्म ६ मे १९९१ मा पुणेको महाराष्ट्रमा भएको थियो। उनी अहिले २ २८ वर्षकी भइसकेकी छिन्। उनले कोलकाता नाइट राइडर्सको शो नाइट क्लबको पनि होस्ट गरिसकेकी थिइन्। कार्यक्रममा टिमका सह–मालिक शाहरुख खान पनि उपस्थित थिए।

संजनाले आईपीएल लिलामीका साथै इन्डियन सुपर लिग र ब्याडमिन्टन सुपर लिग जस्ता प्रतियोगितामा होस्ट गरिसकेकी छिन्।

५ फिट ५ इन्च अग्ली संजना फिटनेस मन पराउँछिन्। उनी आफ्ना फिटनेसको धेरै ख्याल राख्छिन्। उनको मनपर्ने क्रिकेटर महेन्द्रसिंह धोनी हुन्। संजनाले पुणेको प्रख्यात विश्वविद्यालयबाट इञ्जिनियरिङमा डिग्री हासिल गरिसकेकी छन्।

यसका साथै उनी २०१४ मा मिस इण्डियाको फाइनलमा प्रवेश गरेकी थिइन्। उनी एक मोडेल पनि हुन्।

२७ वर्षीय जसप्रीत बुमराह हाल भारतीय क्रिकेट टिमका मुख्य फास्ट बलर हुन्। उनले भारतको लागि १९ टेष्ट, ६७ एकदिवसीय र ५० टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

Nabintech