विराट कोलीको टिमका यी धुरन्दरले बनाए ४ शतक ?


काठमाडौं । भारतीय युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले एकदिवसीय क्रिकेटमा लगातार चार खेलमा चार शतक बनाएका छन् । उनले भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चार खेलमा चार शतक बनाएका हुन् ।

पाडिक्कलले चौथो शतक दोस्रो क्वालिफायरअन्तर्गत केरलाविरुद्ध पूरा गरे । उनले आज १ सय १८ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका हुन् ।

आईपीएलअघि २० वर्षीय पाडिक्कल उत्कृष्ट लयमा देखिएका छन् । उनी आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर ९आरसीबी०बाट आईपीएल खेल्छन् ।

पाडिक्कलले गत सिजनको आईपीएलमा आरसीबीका लागि सर्वाधिक रन बनाएका थिए । उनले डेब्यू आईपीएल सिजनमै १५ म्याचमा ४ सय ७३ रन बनाएका थिए ।

पाडिक्कल आरसीबीका लागि पनि ओपनिङ ब्याट्सम्यानको भूमिका निर्वाह गर्छन् । उनले जारी विजय हजारे ट्रफीमा सार्वधिक रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । उनले ६ म्याच खेल्दा ६६० रन बनाइसकेका छन् ।

Nabintech