प्रधानमन्त्री ओलीले गरे सासंदलाई कटाक्ष:संसद् पुन:स्थापना गराएर संसद्‌मा धामी नाच किन देखाएको !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका हुन् ।

उनले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गरे । उनले संसद्‌मा सांसदहरुले संसदीय मूल्य-मान्यता र मर्यादाविरीत क्रियाकलाप गरेका आरोप लगाए । मुद्दा लडेर संसद् पुन:स्थापना गराएर संसद्‌मा धामी नाच देखाएको आरोप पनि ओलीले लगाए ।

उनले भने, “छलफल गर्दा माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिएजस्तै माननीयले बोल्ने भाषाजस्तै बोल्यौं । छलफल गरौं न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाच हो कि ? पार्लियामेन्टमा । हिजो पहिलो दिन औपचारिक रुपमा पार्लियामेन्ट सुरु भएको छ, गुरुरर कुदेर आएर वेलमा आएर नारा लगाएका छन् कराएका छन् । के बिग्रियो भन्दाखेरि एसिड आक्रमणविरुद्धको अध्यादेश पेस गर्यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ रु फेल गर्ने आँट छैन । मन पनि छैन । फेल गर्ने आँट पनि छैन । त्यसकारण वेल घेरेर अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी । प्रतिनिधिसभा पुनस्स्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो ।’

पुनस्स्थापित संसद्‌लाई देश र जनताका समस्याबारे छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाए ।

Nabintech