• १५ चैत्र २०८०, बिहीबार
बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रतिकित्ता शेयरमूल्य कति ?


काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ बिधिबाट करिब ४० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । प्रस्तावित मूल्य क्युआइआइ ९क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर०बाट अनुमोदन हुन भने बाँकी रहेको सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए ।

क्युआइआइको प्रक्रिया सकिएपछि निर्धारण भएको मूल्यको आधारमा कम्पनीले निष्काशन अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने दाहालले जानकारी दिए ।

बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार नियमावलीको अनुसूची ५ बमोजिम विवरण पत्र र उक्त विवरण पत्रमा आफ्नो अनुमानित मूल्य र मुल्याङ्कनको आधार र औचित्य खुलाइ क्युआइआइ सामु दाबी गनुपर्ने व्यवस्था छ ।

एनआइआइको लागि कम्तीमा ५० कित्ता दिनुपर्नेछ। त्योभन्दा घटी सर्वसाधारणले पाउने छैनन्। गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि शेयर प्राप्त गर्ने सर्वसाधारणले ५० कित्ता शेयर पाउनेछन्।

Nabintech