• १३ बैशाख २०८१, बिहीबार
सोमपाल चम्किँदा आर्मीको शानदार जित, सन्दीप रहे महँगा


काठमाडौं । काठमाडौंमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं मेयर्स-११ विरुद्ध त्रिभुवन आर्मी क्लब ५ विकेटले विजयी भएको छ ।मेयर्स-११ ले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान सोमपाल कामीले विस्फोटक ब्याटिङ गरे । उनले ५१ बलमा ९ चौका र ६ छक्कासहित ८० रनको विस्फोटक पारी खेले ।सोमपालले आज १५६.८६ को स्ट्राइक रेटमा ब्याटिङ गरेका हुन् ।

त्यस्तै, कुशल मल्लले २३, भीम सार्कीले १६, कप्तान विनोद भण्डारीले अविजित २० र राजेश पुलामीले आठ रनको योगदान दिए ।

बलिङमा बिपिन खत्री, सन्दीप लामिछानेले दुईरदुई र अनिल खरेलले एक विकेट लिए ।

सन्दीप महँगा

आर्मीविरुद्ध सन्दीपले आज खराब बलिङ गरे । पहिलो खेलमा आइतबार बागमती प्रदेशविरुद्ध राम्रो प्रदर्शन गरेका उनले आर्मीविरुद्ध भने ९ ओभरमा दुई विकेटसहित ७४ रन खर्चिए ।

सन्दीपले आज ६ छक्का र चार चौकासहित ७४ रन खर्चिएका हुन् । आर्मीविरुद्ध उनको इकोनमी ८.२२ रह्यो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको मेयर्स-११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनायो ।उसका लागि सौरभ खनालले ७३ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

त्यस्तै, सन्दीप रजालीले ३७, खडक बोहराले १९, हरिशंकर साहले १८ रनको योगदान दिए ।

कप्तान सन्दीप लामिछाने आज १३ रनमै आउट भए । उनले आज १८ बलको सामना गर्दा २ चौकाको मद्दतमा १३ रन मात्र जोड्न सके ।

पहिलो खेलमा आइतबार बागमती प्रदेशविरुद्ध सन्दीपले २० बलका ६ छक्काको मद्दतमा ४२ रनको पारी खेलेका थिए ।

बलिङमा आज साहब आलमले चार, जितेन्द्र मुखियाले तीन, सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले एकरएक विकेट लिए ।

जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित हो । आर्मी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग एक विकेटले पराजित भएको थियो ।

काठमाडौं मेयर्स-११ को यो पहिलो हार हो । उसले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो ।

Nabintech