• ७ बैशाख २०८१, शुक्रबार
अप्रिल नौंबाट सुरु हुने आईपीएलको पहिलो खेलमा यी दुई टिम भिड्ने


एजेन्सी । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करणको मिति घोषणा भएको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी संस्करणको आईपीएलको मिति घोषणा गरेको हो ।

बीसीसीआईले घोषणा गरेको मिति अनुसार १४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।

चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बेंगलोर, दिल्ली, मुम्बई र कलकत्ता गरि ६ शहरमा हुनेछ । यस सिजन होम एण्ड अवेको आधारमा खेल हुनेछैन ।

आईपीएल–२०२१ का लागि अक्सन सम्पन्न भईसकेको छ । कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो । फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।

Nabintech