• १५ चैत्र २०८०, बिहीबार
बंगलादेशले दियो भारतलाई ११० रनको लक्ष्य


काठमाडौं । रोड सेफ्टी वर्ल्ड सिरिजअन्तर्गत आज भइरहेको खेलमा बंगलादेश लेजेन्ड्सले भारत लेजेन्ड्सलाई १ सय १० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन बनायो ।

उसका लागि नजीमुद्दीनले उत्कृष्ट ब्याटिङ गरे । उनले ३३ बलमा ८ चौका र एक छक्कासहित ४९ रन बनाए । त्यस्तै, जावेद उमर र रजिन सालेहले १२/१२ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा प्रज्ञान ओझा, युवराज सिंह, विनय कुमारले दुईरदुई, यूसुफ पठान र मनप्रित गोनीले एकरएक विकेट लिए ।

बंगलादेश र भारतबीचको यो म्याच छत्तिसगढको रायपुरपुरस्थित शहीद वीरनारायण स्टेडियममा भइरहेको छ ।

Nabintech