कृष्ण लीलाको दोस्रो गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं । चलचित्र कृष्ण लीलाको दोश्रो गीत सार्वजनिक भएको छ । ‘डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक भएको हो । निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत, नारायण प्रसाद बास्कोटाको शब्द छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रका अन्य कलाकारहरु वुद्दि तामाङ, रविन्द्र झा, भावना गुरुङलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

गीतको लेखन लक्ष्मण सुवेदीको रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन छ ।

दीपक वलीको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । चलचित्रमा रतन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने प्रकाशराज कार्की र केवल तामाङ चलचित्रका निर्माता हुन् । चलचित्रमा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।

Nabintech