• ७ बैशाख २०८१, शुक्रबार
अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब


काठमाडौं । नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले कुल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन भएको हो । विभागमा बिहीवार आयोजित कार्यक्रममा हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष सन् २०००/०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको जानकारी दिइएको हो ।

अबदेखि सन् २०१०/११ को आधारमा विगत तथा आगामी वर्षको स्थिर मूल्यमा गणना र मापन गरिने छ । सम्पूर्ण गणनाको आधार वर्ष सन् २०१०/११ लाई कायम गरिएको छ ।

अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै गरेको र परिवेश फेरिएको भन्दै विभागले सन् २०१०/११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको हो । अन्तरराष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन गरिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

यो नेपालको इतिहासमा पाँचौं आधार वर्ष हो । दुई दशक पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएकाले आधार वर्ष परिवर्तन गरिएको उनले बताए ।

यसैबीच नयाँ आधार वर्ष बमोजिम आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ । गत आवमा वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशतले ऋणात्मक भएको हो ।

यस वर्ष प्रतिव्यक्ति आय १ हजार १३४ अमेरिकी डलर रहेको विभागले जनाएको छ । नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३९ दशमलव ४३ खर्ब रुपैयाँ पुगेको विभागले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

Nabintech