कोटेश्वर–कलंकी सडक खण्डका तीन ठाउँमा ओभरपास बनाइने, कुनको लागत कति ?


काठमाडौं । सरकारले कोटेश्वर–कलंकी सडक खण्डमा हुने ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक व्यवस्थापन संरचना (ग्रेड सेपरेटेड इन्टरसेक्सन) बनाउने भएको छ ।

सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोक, सातदोबाटो चोक र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन तयारी जुटेको छ ।

पहिलो चरणमा ललितपुरको ग्वार्को चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन लागिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

प्रारम्भिक डिजाइन र लागत मूल्यका कारण सातदोबाटो र एकान्तकुनामा तत्काल नयाँ पूर्वाधार विकास गर्न समस्या हुने देखिएको छ । तुलनात्मकरुपमा सस्तो र नयाँ संरचना पनि थोरै निर्माण गर्नुपर्ने भएकाले ग्वार्को चोकमा भने पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न केन्द्रको भनाइ छ ।

काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक चापलाई व्यवस्थित गर्न ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्न लागिएको हो ।

तीन स्थानको डिजाइन तयार

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले चक्रपथको कलंकी–कोटेश्वर खण्ड अन्तर्गत सबैभन्दा धेरै जाम हुने ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजना अघि बढाएको थियो । सोही योजनाअनुसार जियोकम/बीडीए/रेज जेभीले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा पाएको हो ।

परामर्शदाताले ग्वार्को चोकमा ओभरपास, सातदोबाटो खण्डमा सातदोबाटो चोक र चापागाँउ चोकमा अन्डरपास, एकान्तकुना खण्डमा एकान्तकुना चोकमा ओभरपास र नख्खु चोकमा अण्डरपास निर्माण गर्ने गरी डिजाइन गरेको छ ।

ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण भएमा चक्रपथको मूख्य लेन हुँदै गुड्ने सवारीसाधन बिना अबरोध अघि बढ्ने छन् । मूख्य लेनमा अन्डरपास र ओभरपास निर्माण गरिनेछ । कोटेश्वर–कलंकी सडक खण्ड ८ लेनको छ । मूख्य सडक चार लेन, सहायक सडक २ लेन र सर्भिस सडक २ लेनको छ । चक्रपथको सहायक सडकबाट गुड्ने सवारी भने अन्डरपासको माथि र ओभरपासको तल्लो भागबाट अघि बढ्नेछन् ।

ग्वार्को चोकको लागत २२ करोड ३५ लाख

डिजाइनअनुसार ग्वार्को चोकमा ओभरपास निर्माण गर्न करिब २२ करोड ३६ लाख रुपैयाँ लाग्ने पूर्वानूमान छ ।

परामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास (सडक माथि सडक) निर्माण गरिनेछ । ३५ मिटर लम्बाईको ओभरपास हुनेछ ।

ओभरपासको उचाई ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम निर्माण गरिनेछ ।

सातदोबाटो चोकको लागत ६२ करोड ५४ लाख

डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास निर्माण गर्न करिब २२ करोड ३६ लाख रुपैयाँ लाग्ने पूर्वानूमान छ ।

एकान्तकुना चोकको लागत ४७ करोड २ लाख

डिजाइन अनुसार एकान्तकुना चोकमा ओभरपास र अण्डरपास निर्माण गर्न करिब ४७ करोड २ लाख रुपैयाँ लाग्ने पूर्वानूमान छ ।

Nabintech