• ७ बैशाख २०८१, शुक्रबार
नेविसंघको रिले अनशनलाई समर्थन गर्दै नेपालले भने,’राजनीतिक नियुक्तिले विश्वविद्यालयको गरिमा घटायो’


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेविसंघको रिले अनशनमा  ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार दिउँसो त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालय परिसरमा जारी अनशनस्थल पुगेका नेपालले अनशनमा ऐक्यबद्धता जनाउँदै नेविसंघले राखेका मागहरूप्रति आफ्नो समर्थन रहेको बताए ।

नेता नेपालले अनशनस्थल आएर मागहरूप्रति समर्थन जनाएको र राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएको बताएको नेविसंघ नेता विनोद शाही ठकुरीले जानकारी दिए ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिकसत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ ।

त्रिविको क्यालेन्डरअनुसारको नयाँ भर्ना प्रक्रिया सुरु गर्न पनि नेविसंघको माग छ । यस्तै, नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरिएको छ ।

Nabintech