• १३ बैशाख २०८१, बिहीबार
‘एकता अभियानको पक्षमा स्टेटमेन्ट जारी गर्ने पक्षलाई सहयोग गर्छु’:बामदेव गौतम


काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले एकताको पक्षमा जसले सहयोग गर्छ आफु उही नेताको पक्षमा रहने बताउनुभएको छ ।

सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारसंग कुराकानी गर्दै उपाध्यक्ष गौतमले एकता अभियानको पक्षमा छु भनेर स्टेटमेन्ट जारी गरे मात्रै संसदमा सहयोग गर्ने नत्र तटस्थ बस्ने बताउनुभएको छ ।

उपाध्यक्ष गौतमले दाहाल–नेपाल र ओली समूहका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी एकता अभियान अगाडि बढाउने बताउनुभएको छ । एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उहाँको भनाइ छ ।

उपाध्यक्ष गौतमले विभाजन–उन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने बताउनुभयो । पार्टी एकताका निम्ति आह्वान गर्ने नेताको पक्षमा आफू उभिन सक्ने पनि भनाइ छ ।

 

 

Nabintech