महामन्त्री शशांकले भने,’नेकपा फुटाउन कांग्रेसले एउटा पक्षलाई साथ दिनैपर्छ’


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेकपा फुटाउन कांग्रेसले एउटा पक्षलाई साथ दिनैपर्ने भएको बताउनुभएको छ ।

सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकासंग कुराकानी गर्दै महामन्त्री कोइरालाले नेकपा फुटाउन कांग्रेसले एउटा पक्षलाई साथ दिनैपर्ने बताउनुभयो । कोइरालाले नेकपा विवादका कारण मुलुक अनिर्णयको बन्दी बनिरहन नसक्ने हुदा कांग्रेसले विचार मल्निे घटकसंग मिलेर सरकार बनाउने बताउनुभयो ।

नेकपा फुटेमा नेकपाको आन्दोलनरत पक्षसंग सहकार्य गनुैपर्ने आफुले व्यक्रिगत धारणा राखेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पार्टी सभापति शेरबहादुर देउवाले नै छलफल गरिरहेको र आज पदाधिकारी बैठकमा जानकारी गराउने बताउनुभयो ।

कांग्रेसले पदाधिकारी र पूर्वपधारिकारीको वैठक बोलाएको छ । आजको वैठकले नेकपाको कुन पक्षलाई समर्थन गर्ने कांग्रेसले निर्णय गर्ने छ ।

Nabintech