• ७ बैशाख २०८१, शुक्रबार
पूर्व मिस नेपाल शृंखला खतिवडा स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालय जादै


काठमाडौं । पूर्व मिस नेपाल शृंखला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न जाने भएकी छन्।

उनले आगामी अगस्ट महिनामा अध्ययनका लागि अमेरिका जान लागेको जानकारी दिइन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न लागेकी हुन्। उनले लकडाउन ताका फेरि थप अध्ययन् गर्ने रूची जागेको भन्दै गत जनवरीमा आवेदन दिएको जानकारी दिइन्।

विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको उनले सुनाइन्।

उनले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले जसरी पनि आट्छु भनेर लागेको बताइन्। दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बताइन्।

 

View this post on Instagram

 

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_)

 

Nabintech