• १५ चैत्र २०८०, बिहीबार
सभामुख अग्नि सापकोटा देखि प्रचण्डले लगाए कोरोनाविरुद्धको ‘कोभिशिल्ड’भ्याक्सिन (हेर्नुहोस तस्विरमा)


काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।

फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनमा सहभागी हुने सासंसदहरुलाई मिनभवनमा अवस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल, माधवकुमार नेपाल,नेकपा नेता देवप्रसाद गुरुङ, लालबाबु पण्डित, पूर्णाकुमारी सुवेदी लगायतले खोप लगाएका छन् । कोरोना खोप सुरक्षित भएकाले ढुक्कका साथ लगाउन सभामुख अग्नि सापकोटाले बताए ।
खोप लगाएर मात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

 

 

Nabintech