• १३ बैशाख २०८१, बिहीबार
यी स्टार क्रिकेटर जसले ‘वानडे’मा कम बलमै बनाए अर्धशतक


 

काठमाडौं । एबी डिभिलियर्स यो सूचीको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका पूर्व खेलाडी एबी डिभिलियर्सको नाम आउँछ । उनी वानडे क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी हुन् ।

डिभिलियर्सले २०१५ मा वेष्ट इण्डिजविरुद्ध १६ बलमै अर्धशतक पूरा गरेका थिए । उनले सो म्याचमा ४४ बलमा ९ चौका र १६ छक्काको मद्दतमा १ सय ४९ रन बनाएका थिए । सो वानडे म्याचमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ४ सय ३९ रनको विशाल लक्ष्य दिएको थियो ।

सनथ जयसूर्या  श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्याले वानडे क्रिकेटमा १७ बलमा अर्धशतक बनाएका छन् । उनले यो कीर्तिमान १९९६ को सिंगर कपमा पाकिस्तानविरुद्ध बनाएका थिए । जयसूर्याले पाकिस्तानले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउँदै १७ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

जयसूर्याले सो म्याचमा २८ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ७६ रनको पारी खेलेका थिए । तर, सो म्याच श्रीलंका ४३ रनले पराजित भएको थियो । जयसूर्याले शानदार पारी खेल्दा पनि टिमलाई जित दिलाउन सकेनन् ।

कुशल परेरा  श्रीलंकाका विकेटकीपररब्याट्सम्यान कुशल परेराले वानडे क्रिकेटमा मात्र १७ बलमा अर्धशतक बनाएका छन् । यो कीर्तिमान उनले २०१५ मा पाकिस्तानविरुद्ध बनाएका थिए । पास्तिानले पहिला ब्याटिङ गर्दै २ सय ८७ रन बनाएका थियो ।

पाकिस्तानले दिएको २ सय ८७ रनकोे लक्ष्य पछ्याउँदै परेराले दिलशानसँग मिलेर टिमलाई राम्रो सुरुवात दिएका थिए । उनले सो म्याचमा २५ बलमा १३ चौका र २ छक्काको मद्दतमा ६८ रनको पारी खेलेका थिए । सो म्याच श्रीलंकाले २ विकेटले जितेको थियो ।

मार्टिन गुप्टिल न्यूजिल्याण्डका ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले वानडे क्रिकेटमा १७ बलमा अर्धशतक बनाएका छन् । उनले २०१७ मा श्रीलंकाविरुद्ध यो कीर्तिमान बनाएका थिए ।

श्रीलंकाको टिमले पहिला ब्याटिङ गर्दै मात्र १ सय १७ रन बनाएको थियो । १ सय १७ रनको सामान्य लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डले बिनाविकेट ८.२ ओभरमा पूरा गरेको थियो ।

सो म्याचमा गुप्टिलले मात्र ३० बलमा ९ चौका र ८ छक्काको मद्दतमा ९३ रनको नटआउट पारी खेलेका थिए ।

Nabintech