‘आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबारमा फर्कन्छु’: प्रधानमन्त्रीओली


बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको लागि नभई नेपाली जनताको लागि कम्फर्टेबल हुने सरकार बनाउनुपर्ने बताएका छन् ।

गृहजिल्ला झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘नेपाली जनताको लागि सजिलो हुने सरकार चाहियो । नेपाली जनतालाई आवास, शिक्षा, स्वास्थ्य, विकास दिन सक्ने सरकार चाहियो । हामी त्यस्तो सरकार चलाउन खोजिरहेका छौं,’

यस्तै प्रधानमन्त्री ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिएका छन् ।

आफूलाई कसैले हटाउन सक्ने भने खुसीकासाथ हट्न तयार रहेको बताउँदै आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबारमा फर्कने बताए ।

उनले भने,‘अहिले पनि कसैले हटाउन सक्छ भने मलाई प्रधानमन्त्रीबाट हटाओस् । खुसीसाथ हट्न तयार छु । तर, आउँदो चुनावमा दुई तिहाईका साथ फेरी सिंहदरबार फर्किन्छु ।’ उनले डेढरदुई वर्षमा चुनाव हुने बताए । ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको दाबी समेत गरे ।

 

 

 

Nabintech