• २५ बैशाख २०८१, मंगलवार
हुण्डी कारोबारमा संलग्न पक्राउ


वीरगञ्ज । प्रहरीले हुण्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत पूर्वी चम्पारण बिहार मोतिहारी जिल्ला सुगौली थाना बस्ने २५ वर्षीय सोनु साहलाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेका हुन् ।

भारतको रक्सौलबाट नेपालतर्फ बीआर २२ एआर ३६८६ नम्बरको मोटरसाइकल चढेर आइरहेको अवस्थामा वीरगञ्ज-१६ स्थित रजतजयन्ती चोकमा रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित उनी पक्राउ परेका हुन् ।

उनको साथबाट स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ ३ लाख १२ हजार र भारतीय रूपैयाँ ५ हजार २ सय रुपैयाँ बरामद भएको छ । उनीविरूद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरम पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

Nabintech