• १६ चैत्र २०८०, शुक्रबार
माल्दिभ्समा मनाए प्रियंका र आयुष्मानले ‘म्यारिज एनिभर्सरी’


काठमाडौं । नायीका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन माल्दिभ्स पुगेका छन् । माल्दिसमा उनीहरुले शनिबार जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाएका छन् ।

प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । यसैले पनि उनीहरुले हनिमुन यात्रा पनि तय गर्न पाएका थिएनन् । प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् ।

Nabintech