• १३ बैशाख २०८१, बिहीबार
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा हुने


काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आगामी असोजमा आयोजना हुने भएको छ ।

आयोजक ईपीएल क्रिकेटले आइतबार चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुने जनाएको छ ।

ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति जनाएको छ ।

चौंथो संस्करणको प्रतियोगिता यस अघि चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो ।

तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।

कोरोनाले रोकिएको प्रतियोगितामा वेष्ट इण्डिजका क्रिस गेल,श्रीलंकाका उपुल थरंगा, केस्रिक विलियम्स, जर्ज मुन्से, केभिन ओ ब्रायन जस्ता चर्चित खेलाडीले खेल्ने तय भएको थियो ।

ईपीएलका एमडी अख्तरले आगामी सिजनमा समेत पहिले अनुबन्धित खेलाडीले खेल्ने बताए ।

 

Nabintech