• १४ बैशाख २०८१, शुक्रबार
हालसम्म कति जनाले लगाए कोरोना खोप ?


FILE PHOTO: A woman holds a small bottle labeled with a "Vaccine COVID-19" sticker and a medical syringe in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration//File Photo

काठमाडौं । नेपालमा पहिलो चरणमा कोरोना भाइरसविरूद्धको खोप चार लाखले लगाएका छन् । चार लाखमध्ये कसैलाई पनि स्वस्थमा गम्भीर समस्या नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार काठमाडौंमा मन्त्रालयले गरेको अन्तरक्रियामा बोल्दै खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीले भने, ‘अहिलेसम्म चार लाख बढीले खोप लगाइसके। त्यसमध्ये ९ जनालाई अलि बढी ज्वरो आयो। तर अहिले सबै सञ्चो भइसक्नु भएको छ।’

त्यसबाहेक कसैलाई गम्भीर असर नदेखिएको पनि उनले बताए।

पहिलो चरणमा स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख बढीलाई खोप दिने सरकारले लक्ष राखेको थियो।

‘लक्षित समूहका ८५ प्रतिशतले खोप लगाउनु भएको छ,’ उनले भने। यो खोप सुरक्षित देखिएकाले सबै ढुक्क भएर खोप लगाउन पनि उप्रेतीले अनुरोध गरे।

फागुन २३ गते देखि दोस्रो चरणको खोप कार्यक्रम अघि बढने पनि उनले जानकारी दिए। दोस्रो चरणमा ५५ वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोग लागेका ४५/५४ वर्ष समूहका मानिसलाई खोप लगाउने सरकारले तयारी गरेको छ। यो समूहमा ५१ लाख बढी जनसंख्या रहेको मन्त्रालयले अनुमान गरेको छ।

५१ लाख मानिसलाई दुई डोज खोप दिन खेर जान सक्ने खोपसमेत हिसाब गर्दा सवा करोड खोप चाहिने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ।

 

Nabintech