• १५ चैत्र २०८०, बिहीबार
नेपालले खल्ने विश्वकप छनोटका सबै खेल ‘लाइभ’ हेर्न सकिने


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले सन् २०२३ सम्मका एकदिवसीय र टी–२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

छनोट चरणका सबै प्रत्यक्ष प्रसारण हुने भएपछि क्रिकेट प्रेमीमा उत्साह छाएको छ।

सम्झौताअनुसार अब छनोटका ५४१ वटा खेल इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । जसमा ४१ वटा छनोट प्रतियोगिता छन् ।

आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट, आइसिसी वुमेन्स टी-२० विश्वकप २०२३ को छनोट र आईसीसी टी-२० विश्वकप २०२२ को छनोटका खेल आइएमजीले इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रत्यक्ष प्रसारण हुने कुल ५४१ खेल मध्ये १४५ वटा खेल महिलाका हुनेछन् । ती मध्ये ८० वटा एसोसिएट देशका खेलको प्रत्यक्ष प्रसारण हुनेछन् ।

नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी विश्वकप लिग(२ का बाँकी खेल पनि अब इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुनेछन् । यो प्रतियोगिता आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता हो ।

यस्तै, नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी टी-२० वुमेन्स विश्वकप २०२३ को छनोट र आईसीसी टी-२० विश्वकप २०२२ को छनोट पनि अब इन्टरनेटमार्फत नेपाली क्रिकेट प्रेमीले हेर्न पाउने छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले सन् २०२३ सम्मका एकदिवसीय र टी–२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । छनोट चरणका सबै प्रत्यक्ष प्रसारण हुने भएपछि क्रिकेट प्रेमीमा उत्साह छाएको छ।

सम्झौताअनुसार अब छनोटका ५४१ वटा खेल इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । जसमा ४१ वटा छनोट प्रतियोगिता छन् ।

आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट, आइसिसी वुमेन्स टी-२० विश्वकप २०२३ को छनोट र आईसीसी टी(२० विश्वकप २०२२ को छनोटका खेल आइएमजीले इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रत्यक्ष प्रसारण हुने कुल ५४१ खेल मध्ये १४५ वटा खेल महिलाका हुनेछन् । ती मध्ये ८० वटा एसोसिएट देशका खेलको प्रत्यक्ष प्रसारण हुनेछन् ।

नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी विश्वकप लिग-२ का बाँकी खेल पनि अब इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुनेछन् । यो प्रतियोगिता आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता हो ।

यस्तै, नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी टी-२० वुमेन्स विश्वकप २०२३ को छनोट र आईसीसी टी-२० विश्वकप २०२२ को छनोट पनि अब इन्टरनेटमार्फत नेपाली क्रिकेट प्रेमीले हेर्न पाउने छन् ।

Nabintech