यी शहरमा हुनेछ २०२१ आईपीएल ?


काठमाडौं । विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) भारतका पाँच वा छ शहरमा आयोजना गरिने भएको छ। इंग्ल्याण्डसँगको सिरिज सकिए लगत्तै आईपीएल भारतका पाँच–छ शहरहरूमा आयोजना हुने भएको हो।

कोरोनाका कारण आईपीएलको १३ औं सिजन संयुक्त अरब इमिरेट्स (युएई) मा गत वर्ष १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म आयोजना भएको थियो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यस पटक भारतमै आईपीएल गर्ने निर्णय गरेको छ। विश्वको सबैभन्दा महँगो क्रिकेट लिग आईपीएलको १४औँ सिजन भारतमा मात्र आयोजना गरिने भएको हो।

बीसीसीआईका एक अधिकारीले भने, ‘यसअघि हामी एक शहरमा लिग आयोजना गर्ने कि अन्य शहरहरूमा नकआउट खेलहरू गर्ने÷नगर्ने भन्नेबारे छलफल गरिरहेका थियौं। यस्तो अवस्थामा हामी केवल बायो–बबल ९प्लेयरहरूको लागि सिर्जना गरिएको विशेष सुरक्षा वातावरण० मा टुर्नामेन्ट पूरा गर्न सक्थ्यौं, तर अब अप्रिल ११ देखि प्रतियोगिता सुरु गर्ने गरी पाँच वा ६ शहरहरूमा आयोजना हुनेछ। यसको लागि हामीले पाँच–छवटा बायो–बबलहरू बनाउनुपर्छ।’

उनका अनुसार कार्यक्रमको चाँडै घोषणा गरिने छ। सन् २०१२ मा आईपीएल भारतका नौ शहरहरु ९चेन्नई, कोलकाता, मुम्बई, जयपुर, दिल्ली, बैंग्लोर, हैदराबाद, मोहाली र विशाखापट्टनम मा आयोजित गरिएको थियो।

योसँग आठ फ्रन्चाइजीहरू छन्। बीसीसीआई अधिकारीले भने, ‘यस पटक नौ मैदानमा कुनै खेल हुने छैन। सबै फ्रेन्चाइजीहरूको होम मैदानमा पनि मेल हुँदैन, तर हामी यसलाई अधिक र अधिक स्टेडियमहरूमा आयोजना गर्ने सोच्दैछौं।’

उनले कुन–कुन मैदानमा खेलहरु खेलाउनबारे छलफल भइरहेको बताए। मुम्बई, दिल्ली, अहमदाबाद, चेन्नई, बेंग्लोर र लखनऊमा आईपीएल म्याच हुने सम्भावना रहेको छ।

यी ठाउँका बारेमा छलफल भइरहेको छ। यस बाहेक अन्य धेरै शहरहरूको बारेमा पनि छलफल गरिएको छ। आसन्न आईपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ।

Nabintech