• ७ बैशाख २०८१, शुक्रबार
अन्जु पन्तले गरिन थिरसँग बिहे, शुभचिन्तकले दिए शुभकामना


काठमाडौं । गायिका अन्जु पन्तले वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।


विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोजराजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोराजसँग डिभोर्स लिएकी थिइन् ।

बिवाह पश्चात यो जोडिलाई शुभकामनाको ओइरो आएको छ ।

Nabintech