• १६ चैत्र २०८०, शुक्रबार
कांग्रेसले भन्यो, ‘कानुनीरुपमा नफुटेसम्म नेकपाका दुवैपक्षसंग तत्काल सहर्काय गर्न सकिदैन्’


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने भएको छ ।

नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई पक्षबाट प्रस्ताव आएपछि सभापति शेरबहादुर देउवाले बिहिबार देउवा निवास बुढानिलकण्डमा बसेको
पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

नेकपा कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो । सहमहामन्त्री डा. प्रकाशशरण महतले
अहिलेको अवस्थामा सरकारको नेतृत्व वा मिलेर जाने भन्ने प्रस्तावको कुनै अर्थ नरहेको भनाई थियो। ‘सरकारको प्रस्तावको कुनै अर्थ छैन। कुरा आए पनि त्यो गम्भीर रुपमा लिनुपर्ने अवस्था छैन,’ महतले भने, ‘यसको पक्षमा लाग्ने उसको पक्षमा लाग्ने भन्ने आफ्नो वा अरुको भन्ने कुरा त्यो अपरिपक्वा हुन्छ। काँग्रेस त्यसको पछि दौडेर हिँड्दैन।’
बैठकपछि महतले भने, ‘यसो गर्छु उसो गर्छु भन्ने स्थिति आएको छैन। जसरी परिस्थिति अघि बढ्छ त्यसरी सामना गर्छ काँग्रेसले।’

नेकपा अहिले एकै रहेको र यसको नेता केपी शर्मा ओली नै रहेकोले यसको छिनोफानो नभएसम्म काँग्रेसले सत्ता निर्माण प्रक्रियामा कुनै कदम नचाल्ने उनले बताए।

‘उहाँहरुको पार्टी अहिले एकै छ। उहाँहरुको नेता ओली नै हुनुहुन्छ। उहाँहरु एकै भएर जान सक्नुहुन्छ,’महतले भने, ‘काँग्रेस हतारिएर यो पक्षमा लाग्छु त्यो पक्षमा लाग्छु भन्नु हुँदैन। पार्टीको निष्कर्ष यही नै रह्यो।’

प्रतिनिधि सभा पुनर्स्थापना भएको भोलिपल्टै नेकपा प्रचण्ड माधव पक्ष देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल चितवनबाट काठमाडौं आइपुग्नसाथ अबको सत्ता यात्रामा मिलेर जानका लागि देउवासँग प्रस्ताव गरेका थिए।

यता ओली पक्षबाट पनि देउवालाई सत्ता साझेदारीका लागि प्रस्ताव आएको बताइन्छ।

 

 

Nabintech