• १३ बैशाख २०८१, बिहीबार
बिहीवार निफ्राको शेयरमूल्य घट्यो कि बढ्यो ?


काठमाडौं । बिहीबार नेप्सेले ओरालो यात्रा कायम गरेको छ । २४.४४ अंकले ओरालो यात्रा तय गरेको बजार २५ सय ५४ दशमलव १३ विन्दूमा सिमित भएको हो ।

जसमा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी अन्य कम्पनीको शेयर मूल्य स्थिर छ ।

बुधबार प्राविधिक समस्याका कारण केही समय कारोबार नै बन्द भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चन्द्रागिरि हिल्सको सेयर प्रि–ओपन सेसनमा घटेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर १२ रुपैयाँले घटेर ५५० कायम भएको थियो भने चन्द्रागिरि हिल्सको शेयर मूल्य ६ रुपैयाँले घटेर ३३७ रुपैयाँ कायम भएको थियो ।

तर, विस्तारै चन्द्रागिरि हिल्सको शेयर ९.९१ प्रतिशतले बढेर ३७७ पुगेको हो । भने निफ्राको शेयरमूल्य भने ३.३८ प्रतिशतले घटेर ५४३ रुपैयाँमा सिमित भएको छ ।

आजको कारोबारमा चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ ।

 

Nabintech