• १४ बैशाख २०८१, शुक्रबार
तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ वाणिज्य बैंक सहित चार कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । बिहिबार नेप्सेमा कृषि विकास बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोवल आइएई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१.०५ कित्ता, मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५.४७ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६ लाख ८ हजर १.४७ कित्ता र ग्लोबल आइएमई लघुवित्तको ७ लाख १३ हजार ९१.०८ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कृषि विकास बैंकले १५ प्रतिशत, मेगाले १० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड ७ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तले २७.४७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

शेयरधनीलाइ वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।

Nabintech